३३ किलो सुनकाण्डमा गोरेसहित ६ जनालाई जन्मकैदको सजाय

३३ किलो सुनकाण्डमा गोरेसहित ६ जनालाई जन्मकैदको सजाय

१९ असोज, विराटनगर ।

साढे ३३ किलोसहितको ३८ सय किलो सुन तस्करी  र मोरङका सनम शाक्यको हत्या मुद्दामा जिल्ला अदालत मोरङले गोरे भनिने चुडामणि उप्रेतीलाई जन्मकैदको सजाय सुनाएको छ ।

मंगलबार जिल्ला अदालत मोरङले  गोरेसहित ६ जनालाई जन्म कैद हुने फैसला सुनाएको हो। जिल्ला न्यायाधीश भरत लम्सालको एकल इजलासले ६ जनालाई जन्मकैदको सजाय सुनाएको अदालतका श्रेस्तेदार टिकेन्द्र वीरजंग राणाले जानकारी दिए।

जन्म कैदको सजाय तोकिनेमा गोरे, मोहन काफ्ले, टेकराज मल्ल, लाक्पा शेर्पा, नरेन्द्र कार्की र भोजराज भण्डारी छन्।यस्तै, राजन कुमारलाई तीन वर्ष र मदनप्रसाद घिमिरेलाई ६ महिना कैद सजाय तोकिएको छ।

सुन तस्करी र सनम शाक्य हत्याका मुख्य आरोपी गोरेलाई अपहरण तथा शरीर बन्धक मुद्दामा पनि सजाय गरिएको फैसलामा उल्लेख छ । फरार २१ अभियुक्तको मुद्दा मुल्तबीमा राखिएको छ भने अन्य आरोपीले सफाइ पाएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.