१९ असाेज, काठमाडौँ ।
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल-चीन सीमा विवादमुक्त भएको बताएकी छन् । दुई देशबीच सीमा सम्झौतामा हस्ताक्षर भएको ६० वर्ष पुगेको अवसरमा मंगलबार ट्विट गर्दै राजदूत होउले सीमा सम्झौता मित्रता र आपसी फाइदाजनक सहकार्यको सेतु भएकी बताएकी छन् ।
उनले भनेकी छन्,’आजकै दिन ६० वर्षअघि मित्रवत वार्ताबाट चीन र नेपालबीच सीमा सम्झौताबाट हस्ताक्षर भएको थियो, त्यसबेलादेखि नै हामीबीच सीमासम्बन्धी कुनै विवाद छैन र यो मित्रताको आधार बन्यो र आपसी फाइदाजनक सहकार्यको सेतु बनेको छ ।’ ।
राजदूत होउले नेपाल चीन महत्वपूर्ण फोटोहरु सार्वजनिक गरेकी छन् । सरकारले हुम्लाको नाम्खा गाउँपालिकाको लिमि क्षेत्रमा सीमा विवाद भएकाे भन्दै छानबिन गरिरहेकाे बेला राजदूत होउको ट्विट सार्वजनिक भएको हो ।