भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई

भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई

१९ असाेज, काठमाडौं।

यस वर्ष भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गरिएको छ। मंगलबार रोयल स्वीडिस एकेडेमी साइन्सका महासचिव गोरान हन्सनले जापानका स्युकुरो मानाबे र जर्मनीका क्लाउस हासेलमनलाई आधा र बाँकी आधा इटलीका गियोर्जियो परिसीलाई आधा गरी भौतिकशास्त्रको नोबेल पुरस्कार दिने निर्णय भएको घोषणा गरेका हुन् ।

मानाबे र हेसेलमानलाई जलवायु परिवर्तनमाथिको भौतिक मोडलिङबारे गरेको अध्ययनका कारण पुरस्कृत गरिएको हो भने पारिसीलाई ग्याँस तथा तरल पदार्थमा हुने भौतिक गढबढीबारे गरेको अध्ययनलाई पुरस्कृत गरिएको हो।

भौतिकशास्त्रमा दिइएको नोबेल पुरस्कार यो हप्ता औषधिशास्त्रतर्फ घोषित पुरस्कारपछिको दोस्रो पुरस्कार हो। गत सोमबार दुई अमेरिकी वैज्ञानिक डेभिड जुलियस र आर्देम पाटापौसियनलाई छालामा हुने तापक्रम र स्पर्शमाथि गरेको अध्ययनलाई पुरस्कृत गरिएको थियो।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.