रुपन्देहीको बेलहिया नाका सूचारु, स्वास्थ्य मापदण्ड पालना गर्न अपिल

रुपन्देहीको बेलहिया नाका सूचारु, स्वास्थ्य मापदण्ड पालना गर्न अपिल

१९ असोज, रुपन्देही ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कोरोनाको जोखिम कायमै रहेको उल्लेख गर्दै स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण पालना गर्न नागरिकहरुलाई पुनः आह्वान गरेको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले रुपन्देहीमा कोरोनाको जोखिम कायमै रहेको भन्दै त्यसबाट बच्नका लागि स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न सबै नागरिकलाई पुनः आह्वान गरेका हुन् ।

२ दिन अघि भारतसँग जोडिएको बेलहिया सीमा नाका सूचारु भएसँगै कोरोनाको जोखिम झनै बढेर जाने देखिएपछि स्थानीय प्रशासनले स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी त्यसको जोखिमबाट बच्न नागरिकलाई आह्वान गरेको छ । प्रमुख जिल्ला अधिकारी तिवारीले भने, ‘नेपाल सरकारको निर्णय बमोजिम अन्तराष्ट्रिय सीमा नाका खोली सकेको अवस्था छ । सिमा नाका खुलेपछि यात्रुहरुको आवातजावत बढेको अवस्था छ । र रुपन्देही जिल्लामा कोरोना जोखिमको अवस्था अहिले पनि कायमै रहेको अवस्था छ । दैनिक २५ देखि ४० जना संक्रमितहरुको संख्या बढि रहेको छ भने सोही अनुपातमा निको हुनेहरुको संख्या पनि रहेको छ । यो जोखिमलाई काम गर्नका लागि हामीले सीमा नाकाहरुमा स्वास्थ्य जाँचको समेत व्यवस्था गरेका छौं । र सबै नागरिकलाई यसबाट बच्न स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न पनि आह्वान गरिएको छ ।’

यता स्थानीय व्यवसायीहरुले भने बेलहिया सीमा नाका खुलेसँगै आफूहरुको व्यवसाय बढेर जाने विश्वास व्यक्त गरेका छन् । स्थानीय पर्यटन व्यवसायी रवी पौडेलले सीमा नाका खुलेसँगै भारतीय पर्यटकहरुको चहल पहल सुरु भएको भन्दै त्यसले आफूहरुको व्यवसायलाई अघि बढाउन राहत दिएको प्रतिक्रिया दिए । स्थानीय व्यापारीहरुले सीमा नाका खुलेपछि आफूहरुको व्यापार राम्रो भएर जाने अपेक्षा गर्दै तस्करी नियन्त्रण गर्न भने सरकारसँग माग गरेका छन् ।

सरकारले २ दिन अघि सीमा नाका खुलाउने औपचारिक निर्णय गरेसँगै रुपन्देही बेलहिया नाका पनि खुलेको हो । सो नाका खुलेपछि त्यहाँका स्थानीय व्यापारीहरुले कोरोनाले थला पारेको आफूहरुको व्यवसाय अव फष्टायर जाने विश्वास व्यक्त गरेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.