चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

१९ असाेज, चितवन ।

चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

मंगलबार दिउँसो पौने १ बजे खैरहनी नगरपालिका वडा नम्बर १३ कुमरोज सामुदायिक वनमा सोही ठाउँका २५ वर्षीय दिनेश बोटेलाई बाघले आक्रमण गर्दा उनको मृत्यु भएको हो।

घाँस-दाउरा लिन जानेक्रममा बोटेलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। सो खबर पाएपछि आठ वटा हात्तीसहित प्रहरी र सेनाको टोली खटिएको थियो। खोज्ने क्रममा साढे २ बजे उनको शव फेला परेको थियो।

आक्रमण गरेको स्थानभन्दा एक सय मिटर टाढा झाडीमा शव फेला परेको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.