मुख्यमन्त्री राउतले पाउलान् विश्वासको मत ? यस्तो छ अंकगणित

मुख्यमन्त्री राउतले पाउलान् विश्वासको मत ? यस्तो छ अंकगणित

२० असोज, जनकपुर ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत आज बुधबार विश्वासको मत लिँदैछन् ।

सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) विभाजनपछि उनी विश्वासको मत लिन लागेका हुन् । जसपा फुटेर लोकतान्त्रिक समाजवादी पनि गठन भइसकेको छ ।

विश्वासको मत लिन बिहान ११ बजे प्रदेश सभाको बैठक डाकिएको छ ।

प्रदेश २ मा कुल १०७ सांसद थिए । तर, माओवादी केन्द्रले तीन जनालाई बर्खास्त गरेपछि अब १०४ सांसद छन् ।

जसमा सत्तारुढ जसपाका ३९, नेपाली कांग्रेसका १९, नेकपा एकीकृत समाजवादीका १३ र नेकपा माओवादी केन्द्रका आठ, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का १६, नेकपा एमालेका ८ र नेपाल संघीय समाजवादी पार्टीका एक सांसद छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.