पहिलो महिला प्रहरी डंगोललाई लाइफटाइम अचिभमेन्ट अवार्ड

पहिलो महिला प्रहरी डंगोललाई लाइफटाइम अचिभमेन्ट अवार्ड

२० असोज, काठमाडौ ।

पहिलो महिला प्रहरी चैतमाया डंगोललाई नेपाल प्रहरीले लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको छ । ६६ औं प्रहरी दिवसको अवसरमा डंगोललाई आज सो अवार्ड प्रदान गरिएको हो ।

प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई सो अवार्ड प्रदान गरेका हुन् । ८९ वर्षीय डंगोल २००८ सालमा प्रहरीमा भर्ना भएकी थिइन् ।

उनले नेपाल प्रहरीमा ३१ वर्ष सात महिना २२ दिन सेवा गरेकी थिइन् । उनले असइ पदबाट उनले अवकाश लिएकी थिइन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.