मन्त्री छान्न पौडेल समूहको बैठक बस्दै

मन्त्री छान्न पौडेल समूहको बैठक बस्दै

२० असोज, काठमाडौं।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारमा सहभागी हुने मन्त्रीका विषयमा सल्लाह गर्न आफू निकट नेताहरुलाई बोलाएका छन् । उनले निजी निवास बोहराटारमा नेताहरुलाई बोलाएका हुन् ।

नेताहरुसँगको बैठक दिउँसो २ बजे बस्ने बताइएको छ । पौडेल समूहले आफ्नो भागमा परेका दुई मन्त्रालयका लागि मन्त्री छान्ने तयारी गरेको छ । पौडेल पक्षबाट डा. मिनेन्द्र रिजाल, सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडू, तेजुलाल चौधरीमध्ये दुई मन्त्री हुने सम्भावना छ ।

कांग्रेसको भागमा आठवटा मन्त्रालय परेको छ । मन्त्रालय भागबण्डामा कुरा मिलेपछि बिहीबारसम्म मन्त्रिपरिषद् विस्तारको तयारी छ ।

संस्थापन समूहबाट तीन मन्त्री र एक राज्यमन्त्री चयन भइसकेका छन् । बाँकी चार मन्त्रीमध्ये तीन मन्त्रालय संस्थापन इतर समूहले पाउने भएका छन् । त्यसमध्ये पौडेल समूहको भागमा दुईवटा मन्त्रालय परेका छन् । एउटा मन्त्रालय कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो समूहसँग राख्ने भएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.