इच्छाराजसहित १२ जनालाई ५ दिन थुनामा राख्न अदालतको अनुमति

इच्छाराजसहित १२ जनालाई ५ दिन थुनामा राख्न अदालतको अनुमति

२० असोज, काठमाडौं।

ठगी आरोपमा पक्राउ परेका सिभिल सहकारीका पूर्व अध्यक्ष इच्छाराज तामाङसहित १२ जनामाथि अनुसन्धानका लागि ५ दिन थुनामा राख्न प्रहरीले अनुमति लिएको छ ।

उनीहरुमाथि अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले ५ दिन थुनामा राख्न अनुमति दिएको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक श्याम महतोले जानकारी दिए ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले तामाङ, सिभिल सहकारीका हालका अध्यक्ष केशवलाल श्रेष्ठसहित १२ जनालाई ठगी आरोपमा पक्राउ गरेको थियो । उनीहरुविरुद्ध सिभिल सहकारीका वचतकर्ताले ठगी उजुरी दिएका थिए ।

पक्राउ परेकाहरुलाई सीआईबीले बुधबार अदालतमा पेश गरेको थियो । बुधबारदेखि अदालतमा दशैं विदा शुरु भएको छ । घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म अदालतमा दशैं विदा हुने भए पनि यस बीचमा बन्दी प्रत्यक्षीकरण रिट भने सुनुवाइ हुनेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.