प्रधानन्यायाधीशलाई बोलाएपछि वरिष्ठ अधिवक्ताहरुले बहिस्कार गरे सर्वोच्च बारको चियापान

प्रधानन्यायाधीशलाई बोलाएपछि वरिष्ठ अधिवक्ताहरुले बहिस्कार गरे सर्वोच्च बारको चियापान

२० असोज, काठमाडौं ।

दशैंको अवसरमा सर्वोच्च  अदालत बार एशोसिएसनले आयोजना गरेको चियापान कार्यक्रम वरिष्ठ अधिवक्ताहरुले बहिस्कार गरेका छन् ।

दशैंको अवसरमा सर्वोच्च बारले बुधबार चियापान कार्यक्रम राखेको थियो, जहाँ प्राधनन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई पनि बोलाइएको थियो ।

मन्त्रिपरिषदमा भागवण्डा खोजेको लगायतका विवादमा परेका प्रधानन्यायाधीशको काम कारबाहीमाथि प्रश्न उठाउनुपर्ने बेला प्रमुख अतिथि बोलाएको भन्दै वरिष्ठ कानुन व्यवसायीहरुले सर्वोच्च बारको चियापान नै बहिस्कार गरेका छन् ।

आफूहरुले संगठित रुपमा नभई स्वविवकेले चियापानमा नगएर सन्देश दिएको एक वरिष्ठ अधिवक्ताले बताए । वरिष्ठ अधिवक्ताहरुले बहिस्कार गर्ने पूर्व सूचना पाएपछि प्रधानन्यायाधीश जबरा पनि चियापान कार्यक्रममा गएनन् ।

उनी सञ्चो नभएको भन्दै उनी नआएको सर्वोच्च बारका एक पदाधिकारीले बताए । चियापन कार्यक्रमा सर्वोच्चका न्यायाधीशहरु सपना मल्ल प्रधान, हरि फुयाल, मनोज शर्मा र नहकुल सुवेदी उपस्थित थिए ।  केही वरिष्ठ अधिवक्ताहरु भने आएको सर्वोच्च बारका सचिव ऋषिराज घिमिरेले दाबी गरेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.