NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कम्बोडियाले किन माग्यो युद्धविराम ? शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन् शनिबार साउन १० , २०८२
मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ? शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक शनिबार साउन १० , २०८२
विद्याले ओलीलाई दिइन दनक,मुठ्ठीभर नेताले सदस्यता खोस्न सक्दैनन्  शुक्रबार साउन ९ , २०८२
Next
Prev

समाचार

निजी क्षेत्रले भन्यो- अमेरिकाले पैसा दिँदैमा नेपाल नै खान्छ भन्नु हुँदैन, एमसीसी पास गरौं

बिहिबार अशोज २१ , २०७८
Reading Time: 1 min read
A A
एमसीसीका विवादित बुँदा स्पष्ट पार्न सरकारले लेख्याे अमेरिकालाई पत्र
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडौं : उद्योगी व्यवसायीका तीन अग्रणी संस्थाले राष्ट्रिय सहमति जुटाएर तत्काल अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्न आग्रह गरेका छन्।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले एमसीसी पास गर्न माग गरेका हुन्।

एमसीसीलाई संसद्बाट पारित गर्ने विषयमा सत्तारुढ गठबन्धनमा भने तीव्र विवाद छ। प्रधानमन्त्री शेरबहादुर देउवा र कांग्रेस पार्टी एमसीसी पारित गर्नुपर्ने अडानमा छन्। सत्ता गठबन्धनका माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) परिमार्जन गरेर मात्रै पास गर्नुपर्ने पक्षमा छन्। उद्योगी व्यवसायीका छाता संगठनहरू उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र चेम्बर अफ कमर्सले बुधबार संयुक्त विज्ञप्ति जारी गरी एमसीसी विकास केन्द्रित परियोजना भएको बताएका छन्। महासंघ अध्यक्ष शेखर गोल्छा, परिसंघ अध्यक्ष विष्णु अग्रवाल र चेम्बर अध्यक्ष राजेन्द्र मल्लले विज्ञप्तिमा हस्ताक्षर गरेका छन्।

Advertisement

उनीहरूले संसदबाट तत्काल एमसीसी पारित गरी कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेका छन्। ‘एमसीसीअन्तर्गतका आयोजना कार्यान्वयन हुँदा मुलुकलाई आर्थिक लाभ मात्रै हुने हुँदा कार्यान्वयनका लागि नेपाल सरकार, संसद्मा रहेका सम्पूर्ण राजनीतिक दलहरू, नागरिक समाज र सरोकारवाला पक्षलाई आग्रह गर्छौं’, विज्ञप्तिमा भनिएको छ। नेपालको विकासमा रणनीतिक महत्व राख्ने विद्युत् प्रसारण लाइन र सडक मर्मत आयोजना समयमै निर्माण सम्पन्न गरे उच्च आर्थिक वृद्धिलाई सघाउ पु¥याउने उनीहरूको विज्ञप्तिमा उल्लेख छ। ‘कोभिड–१९ को महामारीपछि अर्थतन्त्रको सुधारका लागि पर्याप्त लगानी आवश्यक भएको र दीर्घकालमा विद्युत् निर्यात एवं प्रविधि हस्तान्तरणको अवसर एमसीसीबाट प्राप्त हुने सम्भावना भएकाले राष्ट्रिय हित हेरी संसद्बाट तत्काल पारित गरी कार्यान्वयन गर्न नेपाल सरकार, सम्पूर्ण राजनीतिक दल एवं सरोकारवालाहरू समक्ष आग्रह गर्छाैं, विज्ञप्तिमा भनिएको छ।

संघीय संसद्बाट सम्झौता अनुमोदन नहुँदा द्विपक्षीय सम्झौता भएको ४ वर्षसम्म पनि कार्यान्वयन हुन नसक्नु दुःखद् भएको उनीहरूको भनाइ छ। एमसीसीअन्तर्गतका आयोजना सुरु भएको ५ वर्षभित्र सम्पन्न गर्नुपर्ने व्यवस्थाले विकास सुशासनका लागि समेत नमुना बन्न सक्ने उनीहरूको विश्वास छ।’

युरोप, एसिया, ल्याटिन अमेरिका र अफ्रिकाका ३० भन्दा धेरै मुलुकमा एमसीसीअन्तर्गत परियोजना निर्माण भइसकेकाले नेपालमा पनि सहज कार्यान्वयन हुनेमा निजी क्षेत्र विश्वस्त छ,’ विज्ञप्तिमा भनिएको छ। महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले अमेरिकाले दिएको अनुदानलाई गलत प्रचार गरिएको बताए। उनले यो पैसालाई फिर्ता हुन दिन नहुने बताए।

‘यो हामीलाई दिएको अनुदान हो, यसमा धेरै गलत कुराको प्रचार भएको छ,’ उनले भने, अमेरिकाले पैसा दिँदैमा नेपाल नै खान्छ भन्नु हुँदैन। अमेरिकाले चाहेमा नेपालमा हस्तक्षेप गर्न अहिले पनि सक्छ। एमसीसी नै चाहिँदैन।’

उनले अरुण तेस्रो जलविद्युत् परियोजना जस्तै एमसीसी फिर्ता गएमा देशलाई घाटा हुने जिकिर गरे। २००७ मा नै तयार हुनुपर्ने काम अहिलेसम्म नहुनु दुर्भाग्य भएको उनले बताए। उनले करबाट उठेको पैसा चालू खर्चमा नै सकिने भएकाले विदेशबाट सहयोग नलिइ विकासका काम हुन नसक्ने यथार्थता बिर्सन नहुने स्पष्ट पारे।

परराष्ट्रमन्त्री डा. नारायण खड्काले भने एमसीसी सबैको सहमतिमा मात्र अघि बढ्ने बताएका छन्। संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री डा. खड्काले माओवादी केन्द्र र कांग्रेसको गठबन्धन सरकार भएका बेला तत्कालीन अर्थमन्त्रीले एमसीसी सम्झौतामा हस्ताक्षर गरेको स्मरण गराए।

नेपालमा विद्युत् प्रशारण लाइन र सडक पूर्वाधार निर्माणका लागि अमेरिकाले ५५ अर्ब रुपैयाँ दिने गरी सन् २०१७ सेप्टेम्बर १४ मा भएको कांग्रेस–माओवादी केन्द्रको गठबन्धन सरकारका पालामा एमसीसी सम्झौता भएको थियो। त्यो बेला देउवा नै प्रधानमन्त्री थिए भने तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सम्झौतामा हस्ताक्षर गरेका थिए। ‘हस्ताक्षर गर्नु पहिला किन अध्ययन गरेनौं ? यो सहमतिका क्रममा ७ वटा परराष्ट्रमन्त्री बनिसकेका छौं,’ उनले भने। उनले एमसीसीमा एकैस्वर भए अगाडि बढाउनुपर्ने बताए।

उनले भने, ‘अब एमसीसीमा एकस्वर बनाएर अगाडि बढ्नुपर्छ। हाम्रो हितमा छ भने पास गरौं, हितमा छैन भने अमेरिकालाई भनौं।’ एमसीसी सम्झौता पास नगर्दा हुने क्षति कसरी न्यूनीकरण गर्ने भनेर पनि सोच्नुपर्ने उनले बताए।,याे समाचार अन्नपूर्ण पाेस्ट दैनिकमा छापिएकाे छ ।

लोकप्रीय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

विचार

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

थप समाचार

कम्बोडियाले किन माग्यो युद्धविराम ?
अन्तर्राष्ट्रिय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्
अन्तर्राष्ट्रिय

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक
ताजा समाचार

विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक

शनिबार साउन १० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

00:12:45

World News: सय मोस्टवान्टेड Chinaमा, Modiले डुलेरै सके ३६२ करोड || Nepal Times

00:23:28

World News: Bangladeshका पूर्व प्रधानन्यायाधीश प*क्राउ, Indiaले चिनियाँलाई पर्यटक भिसा खोल्यो

00:15:43

World News:ओबामामाथि ‘राजद्रोह’को आरोप, एआई भ्वाइस फ्रडप्रति अल्टम्यानलाई चिन्ता || Nepal Times

00:14:45

World News: अमेरिका जान 250 Dollar ‘कर’, हुथीले कब्जा गरेको बन्दरगाहमा आ*क्र*मण || Nepal Times

00:13:00

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याका सबै सपना उडायो हुरीले, पार्टीको झण्डा बोक्नै नपाउने

बुधबार साउन ७ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन्

मङ्लबार साउन ६ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

प्रचण्ड गर्मीकाबीच आज कहाँ हुँदैछ भारी वर्षा ?

बिहिबार साउन ८ , २०८२

हालका पोस्टहरू

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.