मन्त्री छान्न जसपाका शीर्ष नेताको बैठक बस्दै

मन्त्री छान्न जसपाका शीर्ष नेताको बैठक बस्दै

२१ असोज, काठमाडौं ।

जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राइको बैठक बस्दै छ। जसपाका तीन शीर्ष नेताको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउनेछ।

यसअघि बुधबार सम्पन्न कार्यकारिणी समिति बैठकले पार्टीको कोटाबाट सरकारमा पठाउने मन्त्रीहरुको नाम छान्न तीन नेतालाई जिम्मा दिने निर्णय गरेको थियो।शीर्ष नेतात्रयको बैठक केही बेरमा सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने जनाइएको छ।

जसपाले शेरबहादुर देउवा नेतृत्वको सरकारमा चार मन्त्री र एक जना राज्यमन्त्री पाएको छ। गठबन्धनका दलहरुले मंगलबार मन्त्रीमण्डलको भागभण्डा टुंग्याएका थिए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.