आजै मन्त्री हुनेको नाम बुझाउँदै एकीकृत समाजवादी

आजै मन्त्री हुनेको नाम बुझाउँदै एकीकृत समाजवादी

२१ असोज, काठमाडौं ।

नेकपा एकीकृत समाजवादी पार्टीले आजै सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम प्रधानमन्त्रीलाई बुझाउने भएको छ।

बिहान ११ बजे स्थायी कमिटीको बैठक बसेर नाम टुंगो लगाइने र लगत्तै प्रधानमन्त्रीलाई नामावली बुझाइने एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए।

‘अध्यक्ष र महासचिवले मोटामोटी खाका तयार गरिसक्नुभएको छ। बैठकमा उहाँहरुले पेश गरेपछि अनुमोदन गरेर हामी टुंगो लगाउछौं,’उनले भने।

उनले आफूहरुको तर्फबाट कुनै समस्या नरहेको भन्दै आजै मन्त्रीरुको नाम बुझाएपछि सम्भवत बेलुकासम्म सपथग्रहण गराउने कार्यक्रमसमेत रहेको छ।

एकीकृत समाजवादीले मन्त्रालय भागबन्डामा सांसद संख्याको आधारमा गरिएपछि गठबन्धन दलमा असन्तुष्टि समेत राखेको थियो । तर, गठबन्धनलाई निरन्तरता दिनका लागि भए पनि आफूहरु त्यो असन्तुष्टि बाट पछि हटेको एक शीर्ष नेताले जानकारी दिए।

‘हामीले यत्रो जोखिम मोलेर नै अघि बढ्यौं। तर मन्त्रालयको भागबन्डा गर्दा सांसद संख्याको आधार अघि सारियो,’ती शीर्ष नेता भन्छन्,‘यो अलि अपमानजनक भयो भन्ने कुरा त हाम्रो रह्यो नै तर त्यसैमा नै अड्ने भन्ने विषय नरहे पछि हामीले गठबन्धनलाई अघि बढाउनका लागि पनि लचिलो भएका हौं।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.