२१ असोज, काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालीहरुको महान पर्व विजया दशमीको शुभकामना दिएका छन् । उनले सामाजिक सत्तजालमार्फत विजयादशमीको शुभकामना दिएका हुन् ।
उनले ट्वीटरमार्फत भनेका छन्, ‘स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र सु–स्वास्थ्यको शुभकामना व्यक्त गर्दछु।’
साथै प्रधानमन्त्री देउवाले कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्डको पालना गरेर पर्व मनाउन पनि अनुरोध गरेका छन् ।