प्रदेश १ का मुख्यमन्त्रीद्वारा दशैंको शुभकामना, स्वास्थ्य सावधानी अपनाउन आग्रह

प्रदेश १ का मुख्यमन्त्रीद्वारा दशैंको शुभकामना, स्वास्थ्य सावधानी अपनाउन आग्रह

२१ असोज, विराटनगर ।
नेपालीहरूको महान चाड वडादशैं, २०७८ को शुभअवसरमा प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले देश विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना दिएका छन् ।

बिहीबार शुभकामना सन्देश जारी गदैं मुख्यमन्त्री आचार्यले दशैँ पर्वले अन्याय, अत्याचार अन्त्य गर्दै सामाजिक एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्ने बताएका छन् । उनले कोभिड–१९ को महामारीले स्वास्थ्यमा ठूलो चुनौती पनि थपिएको भन्दैं महामारीबाट जोगिन नेपाल सरकारले लागू गरेको स्वास्थ्यसम्बन्धी नियमहरूको पालना गर्न पनि सबैमा आग्रह गरेका छन् ।

शुभकामना सन्देशमा महान पर्व दशैंले भिन्न भिन्न जातजाति, भाषा, धर्म एंव सांंस्कृतिक पहिचान बोकेका सबै नेपालीको लागि राष्ट्रिय एकता, सामाजिक सद्भाव, आफसी भातृत्व कायम गर्न सकोस भन्ने उनले कामनासमेत गरेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.