मन्त्री छान्न एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

मन्त्री छान्न एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

२१ असाेज, काठमाडाैँ ।

नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटीको बैठक शुरु भएको छ ।  मन्त्रीपरिषद्लाई पूर्णता दिनका लागि नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटीको बैठक अर्पण बैंक्वेटमा शुरु भएको हो ।

स्थायी कमिटीको आजको बैठकमा पार्टीका केही गतिविधि र मन्त्रिपरिषद्को बारेमा छलफल हुने बताइएको छ । मंगलवार बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालयको भागबन्डामा मोटामोटी छलफल गरिसकेको छ । आफ्नो पार्टीले पाउने भनिएका ४ मन्त्रालय र को–को मन्त्रीहरु बन्ने भन्ने विषयमा नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीको बैठक बसिरहेको हो ।

मंगलवारको सत्ता गठबन्धनको बैठकमा नेपाली काँग्रेसले ७, नेकपा (माओवादी केन्द्र) ले ६, जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) ले समान ४÷४ वटा मन्त्रालय पाउने सहमति भएको थियो । तर नेपाल पक्षले आफ्नो पार्टीको भागमा थोरै मन्त्रालय परेको भन्दै असन्तुष्टि जनाउँदै आएको छ । अध्यक्ष नेपालले केही कुरा मिल्न बाँकी रहेको र फेरि बस्ने सत्ता गठबन्धनको बैठकपछि मन्त्रिपरिषद् बिस्तार हुने बताएका छन् । सरकारले सकेसम्म आजै मन्त्रिपरिषद् बिस्तार गर्ने योजना बनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.