२१ असोज, काठमाडौँ ।
नेकपा (एस)ले मन्त्रालय आफ्नो भागमा थोरै मन्त्रालय परेको भन्दै असन्तुष्टि जनाएको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकमा मन्त्रालयको संख्या कम भएको निष्कर्ष निकाल्दै त्यसबारे सत्ता गठबन्धनमा कुरा राख्ने निर्णय गरेको नेता विरोध खतिवडाले जानकारी दिए ।
साथै आफ्नो भागमा परेका मन्त्रालय परिमार्जन गर्न पनि माग गरेको छ । बैठकमा मन्त्री संख्या ५ र एक राज्यमन्त्री पाउनुपर्ने कुरा उठेको नेता खतिवडाले बताए ।
बैठकपछि अध्यक्ष माधवकुमार नेपाल बालुवाटार गएका छन् । बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्न लागेको छ । सत्तारुढ दलको मन्त्रालय भागबण्डा गर्दा नेकपा (एस)को भागमा ४ मन्त्रालय परेको छ । स्थायी कमिटी बैठकले पार्टीबाट बन्ने मन्त्रीको नाम छान्न अध्यक्ष नेपाललाई जिम्मेवारी दिएको छ ।