मन्त्रीको टुंगो लगाउन सत्तारुढ दलका शीर्ष नेताको बैठक बालुवाटारमा शुरू

मन्त्रीको टुंगो लगाउन सत्तारुढ दलका शीर्ष नेताको बैठक बालुवाटारमा शुरू

२१ असोज, काठमाडौं ।

सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा शुरू भएको छ । मन्त्रिमण्डल विस्तार अघि मन्त्रालय भागण्डामा भएको सहमतिलाई अन्तिम रुप दिन सत्तारुढ दलका नेताहरु छलफलमा बसेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी रहेका छन् ।

मन्त्रिपरिषदमा कांग्रेसले ८, माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)ले समान ४–४ मन्त्रालय लिने सहमति भएको थियो । कांग्रेस, माओवादी र एकीकृत समाजवादीले एक–एक राज्यमन्त्री पनि पाउनेछन् ।

आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने भनिएपनि नेकपा एकीकृत समाजवादी, जसपाले आफ्नो भागमा मन्त्रालय संख्या कम भएको भन्दै असन्तुष्टि जनाएका छन् ।

सरकार गठन भएको तीन महिना पुग्न लाग्दासमेत मन्त्रिमण्डलले पूर्णता नपाएको भन्दै प्रधानमन्त्रीको आलोचना हुँदै आएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.