२१ असोज, काठमाडौं ।
नेकपा एकीकृत समाजवादीले मन्त्रीको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ ।
बिहीबार बसेको स्थायी कमिटी बैठकले सरकारमा जाने नेताहरुको टुंगो लगाउने जिम्मा अध्यक्ष नेपाललाई दिएको एक नेताले जानकारी दिए ।
सत्तारुढ दलहरुबीच एकीकृत समावादीले चार मन्त्री र एक राज्यमन्त्री पाउने सहमति छ । तर, आफ्नो भागमा मन्त्रालय संख्या बढाउनुपर्ने एकीकृत समाजवादीकाे माग छ ।
भागमा पर्ने मन्त्रालयकाे भने टुंगो लगिसकेको छैन । त्यसका लागि सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक अहिले बस्दैछ ।