गोरखा दरबारको दसैंघरमा जमरा राखियो

गोरखा दरबारको दसैंघरमा जमरा राखियो

२१ असाेज, गोरखा ।

गोरखा दरबारको दसैं घरमा जमरा राखिएको छ ।

कैलाश कोठाबाट भगवतीलाई मूल पुजा कक्षामा सारेर बाजागाजासहित मंगलधुन बजाएर हर्ष बढाइ गरेर गोरखाको गोरखकाली दरबारस्थित मूल पूजा कक्ष, गोरखनाथ मन्दिर, उपल्लो कोट, तल्लोकोटमा आज जौको जमरा राखिएको हो ।

चार पाथी जौको जमरा आज बिहान चित्रा नक्षत्र र वैघृति योग पूजा एवं हवन गरी ११:४६ मिनेटको साइतमा घटस्थापना गरिएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरि प्रसाद भुसालले बताए।

दसैँ घरमा आजैदेखि वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरूपा दुर्गा देवीको पूजा आराधना सुरु हुन्छ । घटस्थापना कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुख, स्थानीय तहका प्रमुख लगायतको सहभागिता रहेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.