२१ असाेज, काठमाडौं।
नेपाली कांग्रेसले पर्वहरुको अवसरमा गरिने चियापान यस वर्ष पनि नगर्ने भएको छ। हरेक वर्ष दसैंको कोजाग्रत पूर्णिमाका दिन गर्दै आएको चियापान कार्यक्रम यसवर्ष नगर्ने निर्णय भएको कांग्रेसले जनाएको छ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले कोरोना संक्रमण पूर्ण रुपमा नहटेकाले चियापान नगर्ने बताएका छन् । गत वर्ष पनि कोरोनाका कारणले कांग्रेसको चियापान रोकिएको थियो।
कांग्रेसले दशैंको कोजाग्रत पूर्णिमाको दिनमा राजनीतिक दलका नेतासहित सबै क्षेत्रका उच्च पदस्थ व्यक्तिलाई बोलाएर चियापन तथा शुभकामना आदानप्रदान गर्दै आएको थियो।
साथै कोरोनाविरूद्ध खोप अभियानमा जुट्न कांग्रेसले सबैलाई आग्रह गरेको छ। महामारीको त्रास र आकार घट्दै गएपनि जोखिमलाई नजरअन्दाज गर्न नसकिने कांग्रेसको निष्कर्ष छ।
