शुक्रबार ११ बजे मन्त्रिपरिषद् विस्तार हुने, ४ बजे शपथ

शुक्रबार ११ बजे मन्त्रिपरिषद् विस्तार हुने, ४ बजे शपथ

२१ असाेज, काठमाडौँ ।

सत्ता गठबन्धनका शीर्ष नेताहरुले  शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति जुटाएका छन् । बालुवाटारमा विहीबार बसेको बैठकले मन्त्रालय बाँडफाँडको टुंगो लगाएर शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति जुटाएको हो ।

विहीबारको सहमति बमोजिम दलहरुले आन्तरिक तयारी गरेको अवस्थामा शुक्रबार ११ बजे मन्त्रिपरिषद् विस्तार हुने भएको छ ।

‘मन्त्रालय बाँडफाँडको टुंगो लाग्यो । शुक्रबार ११ बजे मन्त्रिपरिषद् विस्तार हुन्छ, ४ बजे शपथ गराउने गरी तयारी भएको छ,’ बालुवाटार श्रोतले भन्यो ।

नेताहरुले कांग्रेसलाई प्रधानमन्त्रीसहित ९, माओवादी केन्द्रलाई ५, जसपा र नेकपा एकिकृत समाजवादीले ४–४ मन्त्रालय लिने सहमति गरेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.