२२ असाेज, काठमाडौं।
नेकपा (एकीकृत समाजवादी) ले प्रेम आलेलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बनाउने तयारी गरेकाे छ । चार वटा मन्त्रालयसहित सरकारमा जान लागेको नेकपा (एकीकृत समाजवादी) पार्टीले बिहीबार मन्त्रीको नाम टुंगो लगाएको हो ।
नेकपा (एकीकृत समाजवादी)ले आलेलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री , रामकुमारी झाँक्रीलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री र विरोध खतिवडालाई सहरी विकासमन्त्री र किसान श्रेष्ठलाई श्रम मन्त्री बनाउने भएकाे हाे ।
नेकपा (एकीकृत समाजवादी) बाट सरकारको नेतृत्व विरोध खतिवडाले गर्ने भएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आज नै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । विहान ११ बजे मन्त्रिपरिषद् विस्तार गरिने र नवनियुक्त मन्त्रीहरुको सपथ ४ बजे राखिएको बालुवाटार स्रोतले जनाएको छ ।