नेपाल प्रहरीले माग्यो ३६७ असईसहित ६ सय कर्मचारी

नेपाल प्रहरीले माग्यो ३६७ असईसहित ६ सय कर्मचारी

२२ असोज, काठमाडौं ।

नेपाल प्रहरीले झन्डै छ सय संख्यामा प्रहरी माग गरेको छ।

शुक्रबार एक सूचना जारी गर्दै प्रधान कार्यालयले जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक र प्राविधिक समूहअन्तर्गत विभिन्न उपसमूहतर्फ प्राविधिक प्रहरी जवान पदहरूमा आवेदन माग गरेको हो ।

प्रसनिका लागि ३६७ जना माग भएको छ । प्राविधिक प्रहरी जवानतर्फ २२८ जनाको माग भएको छ।

कात्तिक ३ गतेदेखि मंसिर १२ गतेभित्र आवदेन दिइसक्नुपर्नेछ। प्रसनिका लागि तीन सय र प्रहरी जवानलाई एक सय ५० दस्तुर लाग्नेछ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.