ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

२२ असाेज, सुनसरी ।

सुनसरीकाे दुहबी नगरपालिका -३ पेट्रोल पम्प आगाडी कोशी राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको घटनास्थलमानै मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङ सुन्दरहरैचा नगरपालिका-८ का ४५ बर्षीय लक्ष्मि प्रसाद लुईटेल रहेका छन् । बिहीबार बेलुका ४ बजे बिराटनरबाट इटहरीतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको NL 02 Q 0134 नम्बरको LP ग्यास बोक्ने ट्रकले सोही दिशा जादै गरेको को १० प २६८१ नम्बरको मोटरसाईकललाई ठक्कर दिदाँ लुईटेलको घटनास्थलमानै मृत्यु भएको हो ।

ट्रक र ट्रक चालक भारतकाे बिहार बेबसराई बथौली पंचायत-७ का ३५ बर्षीय चन्दन कुमार ताति ईलाका प्रहरी कार्यालय दुहबीको नियन्त्रणमा रहेका छन् । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएकाे छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.