२२ असाेज, काठमाडौँ ।
नेकपा माओवादी केन्द्रले शेरबहादुर देउवा नेतृत्वको सरकारमा थपिन लागेका मन्त्रीहरुको जिम्मेवारी टुङ्ग्याएको छ ।
देवेन्द्र पौडेललाई शिक्षा, विज्ञान तथा प्रविधि, शशी श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, महेश्वर गहतराजलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिने भएकाे हाे ।
त्यस्तै बोधमाया यादव राज्यमन्त्री बन्दैछिन्। मन्त्रिपरिषद्मा यसअघि माओवादीको तर्फबाट जनार्दन शर्मा अर्थ र पम्फा भूसाललाई ऊर्जा मन्त्रालयमा छन् ।