प्रधानन्यायाधीशले मन्त्रीको कोटा मागेको कुरामा सत्यता छैन: कानुनमन्त्री कार्की

प्रधानन्यायाधीशले मन्त्रीको कोटा मागेको कुरामा सत्यता छैन: कानुनमन्त्री कार्की

२२ असोज, काठमाडौं ।

सरकारले मन्त्रिपरिषद्मा प्रधानन्यायाधीशले भाग मागेको भन्ने विषयमा कुनै सत्यता नरहेको बताएको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद्‌ले उठाएको सवालबारे जवाफ दिँदै कानून न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानन्यायाधीशले मन्त्री मागेको भन्ने विषयमा कुनै सत्यता नभएको बताएका हुन्।

बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानन्यायाधीशले सरकारमा भाग मागेको भन्ने आएको भन्दै सरकारको ध्यानाकर्षण गरेका थिए । सुवालले ‘मन्त्रिपरिषद्‍मा भाग खोज्ने प्रधानन्यायाधीशविरुद्ध संसद्‍मा महाभियोग किन नआएको ?’ भनेर प्रश्न गरेका थिए ।

जवाफमा मन्त्री कार्कीले प्रधान्यायाधीशले मन्त्रिपरिषद्मा भाग मागेको भन्ने विषयमा सत्यता नरहेको भन्दै यस किसिमको भ्रममा नपर्न आग्रह गरे ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.