२२ असाेज, काठमाडौं ।
सरकारले संघीय निजामती सेवा विधेयक, २०७५ बहुमतले फिर्ता भएको छ ।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सरकारको तर्फबाट कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो विधेयक संसदमा प्रस्तुत गरेका थिए ।
प्रधानमन्त्री एवं संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री शेरबहादुर देउवाको तर्फबाट सरकारका प्रवक्ता कार्कीले संघीय निजामती सेवा विधेयक, २०७५ फिर्ता लिने प्रस्ताव प्रस्तुत गरेका थिए। जसलाई सभाले बहुमतले स्वीकृत गरेको हो ।
विधेयक फिर्ताको प्रस्तावमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोध जनाएका थिए । उनको प्रस्ताव सभाले बहुमतले अस्वीकृत गर्यो र विधेयक फिर्ताको प्रस्ताव स्वीकृत गर्यो ।
प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष एमालेको अवरोध जारी रहेकाले सरकारले विचाराधीन अवस्थामा रहेका विधेयक फिर्ता लिएर अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ ।
विचाराधीन अवस्था फिर्ता नलिइ अध्यादेशमार्फत चलाउँदा आलोचना हुने भएकाले विधेयक फिर्ता लिने प्रक्रिया अगाडि बढाएको हो।