रामकुमारी झाँक्री पर्यटनमन्त्री बन्ने, स्वास्थ्य मन्त्रालय विरोध खतिवडालाई

रामकुमारी झाँक्री पर्यटनमन्त्री बन्ने, स्वास्थ्य मन्त्रालय विरोध खतिवडालाई

२२ भदौ, काठमाडौं ।

नेकपा एकीकृत समाजवादीले विरोध खतिवडालाई स्वास्थ्य तथा जनसंख्यामन्त्री बनाउने भएको छ ।

एकीकृत समाजवादीकाे बुधबार बसेकाे स्थायी कमिटीमा बैठकले खतिवडासँगै सचिव रामकुमारी झाँक्री, प्रेमबहादुर आले र कृष्णकुमार श्रेष्ठ ‘किसान’ मन्त्री र भवानी खापुङ राज्यमन्त्री बनाउने निर्णय गरेकाे थियाे ।

बैठकमा झाँक्रीलाई स्वास्थ्य, खतिवडालाई शहरी विकास, आलेलाई नागरिक उड्डयन र श्रेष्ठलाई श्रममन्त्री प्रस्ताव गरिएको थियो । तर, आकांक्षीहरुसँग छलफल गरेपछि तीन जनाको मन्त्रालय हेरफेर भएको जनाइएकाे छ ।

जस अनुसार झाँक्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, आले शहरी विकास र श्रेष्ठ श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्नेछन् । उनीहरुको नाम प्रधानमन्त्रीसमक्ष पठाइसकिएको एक नेताले जानकारी दिएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.