कांग्रेसबाट मिनेन्द्र रक्षामन्त्री बन्दै, दिलेन्द्रलाई सञ्चार

कांग्रेसबाट मिनेन्द्र रक्षामन्त्री बन्दै, दिलेन्द्रलाई सञ्चार

२२ असाेज, काठमाडौँ ।

नेपाली कांग्रेसबाट मन्त्री बन्नेहरुको नाम र मन्त्रालय टुंगो लागेको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसले पाएका मन्त्रालयमा पठाउने मन्त्रीहरूको टुंगो लगाएका हुन् ।

कांग्रेसले पाएकामध्ये ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार, दिलेन्द्रप्रसाद बडूलाई कानुन न्याय तथा संसदीय मामिला मन्त्री, उमा रेग्मीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक, मिनेन्द्र रिजाललाई रक्षा, उमाकान्त चौधरीलाई खानेपानी मन्त्री बनाइने भएकाे छ ।

कांग्रेसबाट यसअघि बालकृष्ण खाँण गृह, नारायण खड्का परराष्ट्र र उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री भइसकेका छन् । हाल कानुनमन्त्री रहेको कार्कीलाई देउवाले सञ्चार मन्त्रालयको जिम्मेवारी दिने भएका हुन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.