२२ असाेज, काठमाडौँ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले मन्त्रीहरुको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेका छन् ।
मन्त्रीहरुको नाम राष्ट्रपति कार्यालय गइसकेकाे र साँझसम्ममा शपथ हुने प्रधानमन्त्री देउवाको सचिवालयले बताएकाे छ ।सरकार गठन भएको ८८ दिनपनि देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।
उनले प्रधानन्यायधिशकाे काेटामा गजेन्द्र हमाललाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिएका छन् । हाल स्वास्थ्य राज्यमन्त्री रहेका उमेश श्रेष्ठलाई प्रधानमन्त्री कार्यालयमा राज्यमन्त्रीकै रुपमा तानेका छन् ।
नयाँ मन्त्रीकाे नामावली
कांग्रेसबाट:
गृह मन्त्रालय– बालकृष्ण खाँण
परराष्ट्र मन्त्रालय –नारायण खड्का
सञ्चार, सूचना तथा प्रविधि– ज्ञानेन्द्रबहादुर कार्की
कानुन न्याय तथा संसदीय मामिला– दिलेन्द्र बडु
महिला बालबालिका तथा ज्येष्ठ नागरिक– उमा रेग्मी
रक्षा मन्त्रालय – मिनेन्द्र रिजाल
खानेपानी मन्त्रालय – उमाकान्त चौधरी
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय – गजेन्द्र हमाल
जसपाबाट :
भौतिक पूर्वाधार तथा यातायात – रेणु यादव
संघीय मामिला तथा सामान्य प्रशासन– राजेन्द्र श्रेष्ठ
वन तथा वातावरण– रामसहाय यादव
कृषि तथा पशुपन्छी विकास– प्रमोद साह
एकिकृत समाजवादीबाट :
संस्कृति पर्यटन तथा नागरिक उड्यन–रामकुमार झाँक्री
श्रम रोजगार तथा सामाजिक सुरक्षा– कृष्णकुमार श्रेष्ठ (किसान)
सहरी विकास मन्त्रालय– प्रेम आले
स्वास्थ्य तथा जनसंख्या– विरोध खतिवडा
स्वास्थ्य राज्यमन्त्री – भवानीप्रसाद खापुङ
माओवादी केन्द्रबाट :
अर्थ मन्त्रालय – जनार्दन शर्मा
शिक्षा विज्ञान तथा प्रविधि– देवेन्द्र पौडेल
ऊर्जा मन्त्रालय – पम्फा भुसाल
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण– शशि श्रेष्ठ
युवा तथा खेलकुद मन्त्रालय– महेश्वर गहतराज