ओली भोलि इटहरी आउने

ओली भोलि इटहरी आउने

२२ असाेज, इटहरी ।
नेकपा एमालेका अध्यक्षपूर्व प्रधानमन्त्री केपी शर्मा ओली दुईवटा कार्यक्रमलाई सम्वोधन गर्न भोली इटहरी आउने भएका छन् । नेकपा एमाले इटहरीले आज पत्रकार सम्मेलन गरि कार्यक्रमको तयारी पूरा भएको जनाएको छ ।

पत्रकार सम्मेलनमा एमाले इटहरी उपमहानगर समिति अध्यक्ष याम सुब्बाले नेकपा एमालेको ऐतिहासिक विधान महाधिवेशन पछि संभवत अध्यक्ष ओलीको पहिलो कार्यक्रम भएकाले यी दुवै कार्यक्रम महत्वपूर्ण रहेको बताए । अध्यक्ष ओली शनिबार विहान साढे ११ वजे इटहरी २ मा एमालेका पूराना अग्रज मजदुर नेता ओम कोइरालाको नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुनेछन् ।

ओम कोइराला नागरिक अभिनन्दन समितिद्धारा अग्रज मजदुर नेता,निष्ठावान,निस्वार्थ ब्यक्तित्वओम कोइरालाको भब्य अभिनन्दन कार्यक्रम आयोजना गरेको हो । त्यहाँ नेकपा एमाले इटहरीले पनि नेता कोइरालालाई सम्मान गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा अध्यक्ष सुब्बाले जानकारी दिए । कार्यक्रममा मजदुर नेता ओम कोइरालाका तीन वटा पुस्तकको लोर्कापण समेत गरिने ओम कोइराला नागरिक अभिनन्दन समितिको अध्यक्ष लेखनाथ घिमिरेले जानकारी दिए ।

सो कार्यक्रमपछि दिउसो १ वजे ठूलो जनता स्कुलको खेल मैदानमा नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले वृहत कार्यकर्ता भेला तथा शुभकामना कार्यक्रमलाई सम्वोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ । इटहरी लगायत सुनसरी जिल्लाभरका हजारौँ अगुवा कार्यकर्ता कार्यक्रममा सहभागि हुने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.