२३ असोज, काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आफूपछिको बरियतामा गृहमन्त्री बालकृष्ण खाँणलाई राखेका छन् ।
शुक्रबार प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपतिले नियुक्त गरेका मन्त्रीहरुको लिस्टमा प्रधानमन्त्रीपछिको दोस्रो स्थानमा खाँणको नाम छ ।
देउवाले सरकारमा उपप्रधानमन्त्री राखेका छैनन् । त्यसैले अब प्रधानमन्त्री देउवा विदेश जाँदा वा कुनै कारणले काम गर्न असमर्थ भएर जिम्मेवारी दिनुपर्दा गृहमन्त्री खाँणले कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी पाउने छन् ।