चालिस हजार मेट्रिकटन मल चीनमै रोकियो

चालिस हजार मेट्रिकटन मल चीनमै रोकियो

२२ असाेज, चौतारा।

कृषि सामग्री कम्पनी लिमीटेडले चीनबाट झिकाएको ४० हजार मेट्रिकटन रसायनिक मल पैठारी हुन सकेको छैन । हिउँदे बालीका लागि झिकाइएको ३५ हजार मेट्रिकटन युरिया र पाँचहजार मेट्रिकटन डीएपीसहित ४० हजार मेट्रिकटन रसायनिक मल पठाउन चिनीयाँ पक्षले तत्परता नदेखाएकाले रोकिएको मलका ठेकेदार सिल्क ट्रान्स्पोर्ट प्रालिका अध्यक्ष रमेश शेर्पाले बताए।

समयमा मल उपलब्ध हुन नसक्दा किसानले हैरानी व्यहोर्दैै आएकाले यसपाली समयमै मल झिकाउन लागिएको थियो । चीनबाट भिकाइएको मल चाँडै नै नेपाल पठाउन प्रधान मन्त्रीसमेतले चिनीयाँ दुतावासलाई आग्रह गर्दा पनि सहजीकरण नगरेपछि हैरानी खेप्नुपरेको अध्यक्ष शेर्पाले आरोप लगाए।

रसायनिक मललाई प्राथमिकता दिई व्यापारिक सामानलाई पनि चाँडै पठाउन चिनीयाँ पक्षलाई आग्रह गरिएको थियो । त्यसैगरी दैनिक २० गाडी मात्र पठाउन आग्रह गरे पनि दैनिक आठदेखि १२ गाडी मात्र पठाउने गरेको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत गणेशप्रसाद पौडेलले बताए। सरकारले भारत र बङ्गलादेशबाट मात्र रसायनिक मल झिकाइँदै आएकोमा पहिलो पटक चीनबाट गत वर्षको फागुनमा साल्ट टेडिङ कम्पनीमार्फत चार हजार मेट्रिकटन युरियामल झिकाएको थियो । रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.