यस्ता छन् प्रधानमन्त्री देउवाका सारथी

यस्ता छन् प्रधानमन्त्री देउवाका सारथी

काठमाडौं : मुलुकको असहज अवस्थामा कार्यकारी प्रमुखको जिम्मेवारीमा पुगेका प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तारमा विलम्ब गर्दै आएका थिए।

अधिकांश मन्त्रालय आफैंसँग राखेका देउवाले शुक्रबार माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसहितका नेतालाई सरकारमा सहभागी गराए। देउवाले शुक्रबार १६ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेका छन्। यससँगै संवैधानिक सीमाअनुसार मन्त्रिपरिषद्को आकार पूर्ण अर्थात् २५ सदस्यीय भएको छ।

मन्त्रिपरिषद्मा कांग्रेसबाट प्रधानमन्त्री, एक राज्यमन्त्रीसहित १० जना छन्। त्यस्तै माओवादी केन्द्रबाट एक राज्यमन्त्रीसहित ६ जना सरकारमा सहभागी छन्। नेकपा एकीकृत समाजवादीबाट एक राज्यमन्त्रीसहित पाँच र जनता समाजवादी पार्टीबाट चार नेता सरकारमा सहभागी भएका छन्।

नवगठित मन्त्रिपरिषद्मा शेरबहादुर देउवा प्रधानमन्त्री, बालकृष्ण खाँण गृह, ज्ञानेन्द्रबहादुर कार्की सञ्चार तथा सूचना प्रविधि, पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ, राजेन्द्रप्रसाद श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासन, विरोध खतिवडा स्वास्थ्य तथा जनसंख्या, जनार्दन शर्मा अर्थ र मीनेन्द्रप्रसाद रिजालले रक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन्।

उमाकान्त चौधरी खानेपानी, नारायण खड्का परराष्ट्र, रेणुकुमारी यादव भौतिक पूर्वाधार तथा यातायात, प्रेमबहादुर आले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, दिलेन्द्रप्रसाद बडू कानुन, न्याय तथा संसदीय मामिला, देवेन्द्र पौडेल शिक्षा, विज्ञान तथा प्रविधि, महेन्द्रराय यादव कृषि तथा पशुपन्छी विकास, उमा रेग्मी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेका छन्।, याे समाचार नागरिक दैनिकमा छापिएकाे छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.