महत्त्वपूर्ण नेताहरुलाई मन्त्री बनाउन पाइएन, दुःख लागेको छ : प्रधानमन्त्री देउवा

महत्त्वपूर्ण नेताहरुलाई मन्त्री बनाउन पाइएन, दुःख लागेको छ : प्रधानमन्त्री देउवा

२३ असोज, काठमाडौं ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारमा महत्वपूर्ण साथीहरू छुटेको भन्दै दु:ख लागेको बताएका छन् ।

आज बालुवाटारमा स्कुल अफ डेमोक्रेसी अमेरिका शाखाले प्रकाशन गरेको ‘विश्वेश्वर कोइराला शताब्दी सन्दर्भ’ पुस्तक विमोचनका क्रममा  देउवाले मन्त्रिपरिषद्मा पार्टी भित्रका महत्वपूर्ण नेतालाई समेट्न नसकिएको बताउँदै यो आफ्नो बाध्यता भएको बताए । अहिले छुटेका नेताहरूलाई उचित भूमिका दिनेसमेत प्रधानमन्त्री देउवाले आश्वासन दिएका छन् । उनले भने `हिजोमात्र हामीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छौं आगामी दिनमा साथीहरूलाई समेटिनेछ ।´

प्रधानमन्त्री नियुक्त भएको ८८ दिनपछि देउवाले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका थिए । गठबन्धनका अन्य पार्टीमा पनि यस्तै समस्या भएको हुनसक्ने भन्दै उनले यो बाध्यतालाई बुझ्नुपर्ने बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.