प्रधानमन्त्री देउवा आज पोखरा आउँदै, यस्तो छ व्यस्त ‘सेड्युल’

प्रधानमन्त्री देउवा आज पोखरा आउँदै, यस्तो छ व्यस्त ‘सेड्युल’

२४ असोज, पोखरा ।

प्रधानमन्त्री शेरबहादुर देउवा गण्डकी प्रदेशलाई पूर्ण साक्षर घोषणा कार्यक्रममा सहभागी हुन आज बिहान पोखरा आउँदैछन् ।

उनी बिहान साढे १० बजे पोखरा विमानस्थल पुग्ने कार्यक्रम तय भएको प्रधानमन्त्री देउवाको निजी सचिवालयले जानकारी दिएको छ । पूर्ण साक्षर प्रदेश घोषणा सभालाई बिहान ११ बजे सम्बोधन गर्ने कार्यक्रम छन् ।

दिउँसो ३ बजे पोखरा–१७ मा चियापान एवं अन्य कार्यक्रममा सहभागी हुनेछन् भने अपराह्न ५ बजेपछि राष्ट्र बैंक गेस्ट हाउसमा कार्यकर्तासँग भेटघाट गर्नेछन् ।

देउवा आइतबार पोखरामै बस्नेछन् । सोमबार बिहान निर्माणाधीन पोखरा अन्तराष्ट्रिय विमानस्थल निरीक्षण गर्ने कार्यक्रम छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.