२५ असोज, सुनसरी।
ईटहरी उपमहानगरपालिका–६ स्थित जय नेपाल होटलबाट ३ किलो यार्सागुम्बा सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा खोटाङ रावाबेशी गाउँपालिका–४ बस्ने २७ वर्षीय समिर गुरुङ लगायत २ र संखुवासभाको चैनपुर नगरपालिका-४ का ३२ बर्षीय श्याम कुमार लिम्बु रहेका छन् ।
आइतबार बिहान उक्त होटलमा यार्सागुम्बाको कारोबार भइरहेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त यार्सागुम्बा सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका उनीहरुलाई आवश्यक कारवाहीको लागि तरहरा सव डिभिजन वन कार्यालय पठाइएको तथा सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।