२५ असाेज, रसुवा ।
दसैँ र तिहारलाई लक्षित गरेर उत्तरी नाका रसुवागढीबाट पछिल्लो दुई दिनमा मात्र ३६ कन्टेनर चिनिया स्याउ नेपालमा आयात भएको छ ।
शनिबार र आइतबार दुई दिनको अन्तरालमा ३६ कन्टेनर स्याउ नेपाल भित्रिएको रसुवा भन्सार कार्यालय टिमुरेका सूचना अधिकारी एवम् भन्सार अधिकृत नरेन्द्रप्रसाद चौधरीले जानकारी दिए ।
नेपाल भित्रिएको स्याउ भन्सार प्रक्रिया पूरा गरी धमाधम काठमाडौँ लाने क्रम सुरु भइरहेको सूचना अधिकारी चौधरीले बताए ।