NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कम्बोडियाले किन माग्यो युद्धविराम ? शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन् शनिबार साउन १० , २०८२
मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ? शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक शनिबार साउन १० , २०८२
विद्याले ओलीलाई दिइन दनक,मुठ्ठीभर नेताले सदस्यता खोस्न सक्दैनन्  शुक्रबार साउन ९ , २०८२
Next
Prev

समाचार

न्याय माग्दै हिरासतभित्रै आमरण अनशन

मङ्लबार अशोज २६ , २०७८
Reading Time: 1 min read
A A
न्याय माग्दै हिरासतभित्रै आमरण अनशन
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

बाँके: अधिकारकर्मी रुबी खान प्रहरी हिरासतमा आमरण अनशन बसेकी छन् । न्यायको अपिल गर्दै पैदलै काठमाडौं पुगेकी उनलाई माइतीघरबाट धर्नामा बसेका बेला गत शुक्रबार प्रहरीले पक्राउ गरी भोलिपल्ट नेपालगन्ज ल्याएको थियो । उनलाई बहुविवाहको मुद्दामा अदालतको आदेशले पक्राउ गरिएको प्रहरीको दाबी छ ।

बाँकेको नेवाजी गाउँकी नन्कुन्नी धोबी आफ्नै घरमा मृत फेला परेको र परस्पुर गाउँकी एकल महिला निर्मला कुर्मी हराएको विषयमा स्थानीय प्रशासनले चित्तबुझ्दो अनुसन्धान नगरेको भन्दै महिला अधिकार मञ्चकी रुबीलगायत १४ जनाको टोली २० दिन हिँडेर काठमाडौं पुगेका थिए । जिल्ला सरकारी वकिल कार्यालयमा सोमबार बयानका लागि उपस्थित गराइएकी उनले आफूमाथि प्रहरी प्रशासनले ज्यादती गरेको बताइन् । बहुविवाहको झूटो मुद्दामा पक्राउ पुर्जी नै नदिई जबर्जस्ती नियन्त्रणमा लिएर हिरासतमा राखेको उनको दाबी थियो ।

जिल्ला प्रहरी कार्यालय बाँकेले भने उनीविरुद्ध बहुविवाहसम्बन्धी मुद्दा दर्ता भएकाले कारबाही अघि बढाइएको जनाएको छ । रुबीले शुक्रबारदेखि केही खाएकी छैनन् । श्रीमान्सँग २०७६ असोज ८ मा इस्लाम धर्मअनुसार तलाक भएको र त्यसको १० दिनपछि अदालतबाट सम्बन्ध विच्छेद प्रमाणीकरण समेत गरेको उनले दाबी गरिन् । प्रहरीले भने उनीविरुद्धको मुद्दाका विषयमा प्रस्ट पारेको छैन ।

Advertisement

बाँके प्रहरीको हिरासतमै अनशनरत रुबीबारे प्रहरीले सर्वोच्चलाई भन्यो– ’उनी कहाँ छिन् थाहा छैन’ रुबीले निर्मला र नन्कुन्नीको न्यायका लागि गत भदौ १३ देखि आन्दोलन थालेकी हुन् । जिल्ला प्रशासनमा धर्ना बसेर पनि कुनै सुनुवाइ नभएपछि असोज १ देखि पैदल यात्रा थालिएको उनले बताइन् । लामो पैदल यात्राले उनका खुट्टामा फोका उठेर फुटेकाले घाउ भएका छन् ।

खुट्टामा ब्यान्डेज लगाएर बसेकी छन् । ‘मैले अस्पतालमा छुट्टै क्याबिनमा राख्नुस् भन्दा पनि प्रहरीले मानेन । ट्रमा हस्पिटलमा लग्छौ भनेर प्रहरीले नेपालगन्ज ल्यायो, झूटो मुद्दा लगाएर मलाई फसाउन खोजिँदै छ,’ उनले भनिन्, ‘पावर भएकाहरूलाई तथ्य नभेटिएको भन्दै प्रहरीले नछुने, मलाई पक्राउ पुर्जी समेत नदिएर पक्राउ गरेको छ ।’

एक दशकअघिदेखि बेपत्ता नेपालगन्ज–१७ परस्पुरकी निर्मला कुर्मीको मृत्यु भएको प्रमाण फेला पारेको प्रहरीको दाबी छ । एक साताको अनुसन्धानपछि प्रहरीले निर्मला भारतमा पुगी दोस्रो बिहे गरेको फोटो र मृत्यु भएको तस्बिरलगायत कागजात प्राप्त गर्नुका साथै दोस्रो श्रीमान् बताउने भारतका अर्जुन कुर्मीको बयान समेत लिएको छ । बाँकेका डीएसपी मधुसुधन न्यौपानेले प्राप्त प्रमाण र बयानका आधारमा निर्मलाको भारतमा कालगतिले मृत्यु भएको देखिएको दाबी गरे । ‘हामीले मृत्यु प्रमाणपत्र पनि मागेका छौं,’ उनले भने, ‘प्राप्त तस्बिर र उनको दोस्रो श्रीमान्को बयानले मृत्यु भएको देखिन्छ ।’

यता नन्कुन्नीको विषयमा अदालतले फैसला गर्ने भएको छ । यद्यपि अनुसन्धान प्रक्रिया अगाडि बढाइरहँदा अधिकारकर्मी रुबीले अनावश्यक बाधा पुर्‍याउन खोजेको दाबी डीएसपी न्यौपाने गर्छन् । ‘मुद्दामा प्रहरीलाई अनुसन्धान गर्न सघाउनुको साटो उहाँले अनावश्यक बखेडा खडा गर्नुभयो,’ उनले भने ।

‘केही व्यक्ति निर्मलाको सम्पत्ति हडप्ने मनसायमा लागेको अनुसन्धानमा देखियो । कारबाहीको दायरामा लिनका लागि ठोस प्रमाण जुटाउने प्रयासमा छौं,’ उनले भने । नौ जनाका विरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको प्रहरीले घटनाको प्रकृतिले निर्मलाको हत्या नभएको तर जग्गा ठगीको किचलो रहेको पाइएको जनाएको छ ।

रुबीलाई पक्राउ गर्नुको कारणबारे डीएसपी न्यौपानेले भने अदालतको आदेशअनुसार गरेको बताएका छन् । ‘असोज ६ गते भएको सुनुवाइपछि अदालतको आदेशअनुसार पक्राउ गरेको हो,’ उनले भने । रुबीविरुद्ध मोहमद शेर बागवानकी जेठी पत्नीले उजुरी गर्नुपर्ने हो तर उनको उजुरी आएको छैन । तेस्रो व्यक्तिले उजुरी दिएका छन् ।,याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

लोकप्रीय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

विचार

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

थप समाचार

कम्बोडियाले किन माग्यो युद्धविराम ?
अन्तर्राष्ट्रिय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्
अन्तर्राष्ट्रिय

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक
ताजा समाचार

विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक

शनिबार साउन १० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

00:12:45

World News: सय मोस्टवान्टेड Chinaमा, Modiले डुलेरै सके ३६२ करोड || Nepal Times

00:23:28

World News: Bangladeshका पूर्व प्रधानन्यायाधीश प*क्राउ, Indiaले चिनियाँलाई पर्यटक भिसा खोल्यो

00:15:43

World News:ओबामामाथि ‘राजद्रोह’को आरोप, एआई भ्वाइस फ्रडप्रति अल्टम्यानलाई चिन्ता || Nepal Times

00:14:45

World News: अमेरिका जान 250 Dollar ‘कर’, हुथीले कब्जा गरेको बन्दरगाहमा आ*क्र*मण || Nepal Times

00:13:00

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याका सबै सपना उडायो हुरीले, पार्टीको झण्डा बोक्नै नपाउने

बुधबार साउन ७ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन्

मङ्लबार साउन ६ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

प्रचण्ड गर्मीकाबीच आज कहाँ हुँदैछ भारी वर्षा ?

बिहिबार साउन ८ , २०८२

हालका पोस्टहरू

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.