रुपन्देहीमा लागुऔषधसहित चार जना पक्राउ

रुपन्देहीमा लागुऔषधसहित चार जना पक्राउ

२८ असोज, रुपन्देही ।
रुपन्देहीमा लागुऔषध सहित चार जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा पोखरा–२२ का २७ वर्षीय सागर पोखरेल, ललितपुरको गोदावरी–१ का २० वर्षीय मधुकर विश्वकर्मा, रुपन्देहीको गैडहवा–९ का ३४ वर्षीय दुर्गा राना र कञ्चन गाउपालिका–२ का १६ वर्षीय अशोककुमार लोध रहेका छन् ।

उनीहरुको साथबाट नुफिन, फेनारगन, डाइजेपाम बरामद भएको छ । बुटवल भैरहवा सडक खण्डको योगिकुटीबाट उनीहरु पक्राउ परेका हुन ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.