दशैंको अवधिमा पाथीभरा पुगे १९ हजारभन्दा बढी दर्शनार्थी

दशैंको अवधिमा पाथीभरा पुगे १९ हजारभन्दा बढी दर्शनार्थी

२८ असाेज, फुङ्लिङ।

ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा दशैंको समयावधिमा १९ हजारभन्दा बढी भक्तजनले पूजापाठ गरेका छन्। नवरात्रिको समयावधिमा पाथीभरा मन्दिर क्षेत्रमा पुगेर उनीहरुले पूजापाठ गरेका हुन्।

नेपालीको महान् चाड बडादशैंको घटस्थापनादेखि महानवमीसम्म १९ हजार ७५० जना भक्तजन पाथीभरा मन्दिरमा पुगेर पूजापाठ गरेको माथिल्लो फेदी प्रहरी चौकले जनाएको छ। सो अवधिमा नेपालका दार्चुलादेखि भारतको दार्जिलिङ र सिकिमसम्मका तीर्थ यात्रीले पाथीभरा मन्दिरमा पुगेर पूजापाठ गरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिए।

कोरोनाको कारणले नौ महिना पाथीभरा मन्दिरमा पूजापाठ बन्द भएको थियो। गत महिनादेखि मात्र पाथीभरा क्षेत्र विकास समितिले मन्दिर खुला गरेको हो।

पाथीभरा दर्शन गर्न खुला भएसँगै तीर्थयात्रीहरुको चहलपहल बढ्न थालेको छ। पाथीभरा मन्दिर क्षेत्रमा तीर्थयात्रीहरुको भीडभाड बढेसँगै यातायाता व्यवसायी, होटल व्यवसायी र तीर्थयात्री सहयोगीहरु उत्साहित भएका छन्।रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.