गुल्मीमा जीप दुर्घटना: ३ जनाको मृत्यु, ६ जना घाइते

गुल्मीमा जीप दुर्घटना: ३ जनाको मृत्यु, ६ जना घाइते

२९ असाेज, गुल्मी।

गुल्मीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । गएराती जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर-१० पाँचराते भन्ने स्थानमा जीप दुर्घटना भएको हो ।

दुर्घटनामा परेर मुसिकोट नगरपालिका वडानम्बर–२ जलजले बस्ने ७० वर्षका क्षेत्रबहादुर थापा, ४६ वर्षकी राधिका थापा र वडानम्बर–३ नेटा बस्ने १९ वर्षकी संगिता सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएकाे छ ।

गुल्मीका प्रहरी निरिक्षक महेश्वर उपाध्यायका अनुसार दुर्घटनामा परेर ६ जना घाइते भएका छन् । बुटवलबाट तम्घासतर्फ आउँदै गरेको लु १ ज ४४९० नम्बरको जिप अनियन्त्रित भई सडकदेखि ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

जिपमा सवार ९ जना घाइतेमध्ये ३ जनाको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । अन्य घाइते ६ जनाको अवस्था मध्यम रहेको र उनिहरुको गुल्मी अस्पतालमा उपचार भईरहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.