दशैंको टीकाको दिन कस्तो रहला मौसम ?

दशैंको टीकाको दिन कस्तो रहला मौसम ?

२९ असोज, काठमाडौं।

आज (शुक्रबार) दशैंको टीकोको दिन । आज केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश–१ र वागमती प्रदेशको पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

हाल देशको पूर्वी भूभागमा उत्तरपश्चिमी बंगालको खाडीमा अवस्थित निम्नचापीय प्रणालीको आंशिक प्रभाव छ । अहिले पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो प्रदेश–१, प्रदेश–२ र वागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१ र वागमती प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन / चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

राति प्रदेश–१, प्रदेश–२, वागमतीमा आंशिकदेखि सामान्य बदली रहनेछ । अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१ र वागमती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन / चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.