२९ असोज, विराटनगर । यो वर्षको विजया दशमीको साइतको टीका लगाइएको छ । साइतमै लगाउनेहरुले बिहान १० बजेर दुई मिनेटको उत्तम साइतमा टीका लगाएका छन् ।
टीका लगाएसँगै देशभरका सडकमा मानिसहरुको चहलपहल बढ्न थालेको छ । दशैँको साइतको टीका लगाएर आफन्त र मान्यजनको हातबाट टीका लगाउन जानेहरुको सडकमा चहलपहल सुरु भएको हो ।
दशैँअघि लाखौँ मानिस उपत्यका बाहिर गएकाले केही दिन सुनसान बनेको काठमाण्डौका सडकमा आज टीकाको साइतपछि भने चहलपहल बढेको हो ।
निधारमा रातो टीका लगाएका मानिसहरु सडकका देखिएका छन् । सार्वजनिक गाडी फाट्टफुट्ट रुपमा मात्रै चलेका छन् भने निजी गाडीमा मानिसहरु एक ठाउँबाट अर्को ठाउँमा आउनेजाने गरिरहेका छन् ।