अक्षर कुमारले ‘गोरखा’ काम गर्ने

अक्षर कुमारले ‘गोरखा’ काम गर्ने

३० असोज, विराटनगर ।
बलिउड नायक अक्षर कुमारले फिल्म ‘गोरखा’ मा काम गर्ने भएका छन् ।

आनन्द एल रायले बनाउने सो फिल्मको पोस्टर सार्वजनिक भएको छ । यो फिल्म वास्तविक कथामा आधारित हुने बताइएको छ ।

गोर्खा रेजिमेन्टका मेजर जेनरल इयान कार्डोजोको जीवनीमा आधारित यो फिल्मको पोस्टर शुक्रबार सार्वजनिक भएको हो ।

सन् १९६२ को सीनो-इन्डियन लडाईं, १९६५ लडाईंमा लडेका कार्डोजो पाकिस्तानविरुद्धको १९७१ को लडाईंका लागि परिचित छन् ।

यो फिल्मलाई चर्चित निर्देशक सञ्जय पुरन सिंह चौहानले निर्देशन गर्ने र कलर येलोको ब्यानरमा यो फिल्म बन्नेछ छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.