३१ असोज, काठमाडौं ।
नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य (किरण) अस्पताल भर्ना भएका छन् ।
लामो समयदेखि दमको रोगबाट पीडित ७४ वर्षीय वैद्यलाई स्वास्थ्यमा समस्या देखिएपछि आज बिहान नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।
छातीको एक्सरे लगायतका परीक्षण गरिएको वैद्यका छोरीज्वाइँ दीपक सापकोटाले जानकारी दिए । उनले भने, ‘एक/दुई दिन अस्पतालमै बस्नुपर्ने हुनसक्छ ।’