नौ जनाद्वारा तीन बालिका सामूहिक बलात्कृत

१ कात्तिक, सिन्धुली ।

सिन्धुलीकाे कमालामाई नगरपालिका-५ बोझेका तीन बालिकामाथि सामूहिक बलात्कार भएको छ।  तीन बालिकामाथि नौजना युवाहरुले सामूहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

यो घटना गत शनिबार रातिको हो । शनिबार राति ती केटाले बालिकालाई बोलाएर घर बाहिर लगि सामूहिक बलात्कार गरेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक रामभक्त भट्टराईले बताए ।

बलात्कृत हुने बालिकाहरु १५, १६ र १७ वर्षका रहेको बताइएको छ । प्रहरीले सामूहिक बलात्कार गर्ने नौंमध्ये तीनजना युवालाई पक्राउ समेत गरिसकेको छ । ‘उजुरीका आधारमा २२ वर्षीय हिमा लामा, २४ वर्षीय गणेश मगर र २२ वर्षीय विवेक मगरलाई पक्राउ गरिएको छ । बाँकी छ जना भने फरार रहेको र उनीहरुको खोजिकार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।

बालिकाहरु बलात्कृत भएको थाहा पाएपछि अभिभावकले आइतबार जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा किटानी दिएपछि तीनजनालाई पक्राउ गरेको हो। पक्राउ परेकाहरुले बालिका बलात्कार गरेको स्वीकार गरेका छन् भने बलात्कार हुने बालिकाको मेडिकल जाँचका क्रममा पनि बलात्कार भएको खुलेको प्रहरीले जनाएकाे छ ।

बलात्कार गर्ने एकजना युवा र बलात्कृत हुने एकजना बालिकाको पहिलेदेखि नै चिनजान रहेको बताइएको छ। चिनजानका आधारमा ती युवाले बालिकाहरुलाई बोलाएर सामूहिक बलात्कार गरेको खुलेकाे प्रहरी निरीक्षक भट्टराईले बताए ।

बालिकामध्ये दुईजनालाई सेफ हाउसमा र एकजनालाई अभिभावकको सरंक्षणमा राखिएको उनले जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.