मृत सागरनजिकै दुई सय मोडलले खिचाए नग्‍न तस्बिर

मृत सागरनजिकै दुई सय मोडलले खिचाए नग्‍न तस्बिर

१ कात्तिक, एजेन्सी ।

इजरायलमा करिब दुई सयभन्दा बढी मोडलले नग्न तस्बिर खिचाएका (फोटो सुट) छन् । चर्चित अमेरिकी फोटोग्राफर स्पेन्सर ट्युनिकले जलवायु परिवर्तनले निम्त्याएको पर्यावरणीय संकटबारे सचेतना दिन नग्न फोटोसुट गराएका हुन् ।

आइतबार इजरायलको दक्षिणी भेगमा पर्ने मृतसागर नजिकैको एक मरुभूमिमा करिब दुई सय महिला र पुरुष मोडलले सामूहिकरुपमा नग्न तस्बिर खिचाएका हुन् । इजरायलको पर्यटन मन्त्रालयले गरेको निम्ताको क्रममा इजरायल पुगेका उनले मृत सागरलाई झल्काउन सामूहिकरुपमा दुई सयभन्दा बढीको नग्न तस्बिर खिचेको जेरुसेलम पोष्टसँग बताएका छन् ।

नग्न तस्बिर खिचाउने क्रममा सयभन्दा बढी मोडलले सेतो रंग शरीरमा पोतेका थिए । ट्युनिकले जलवायु परिवर्तनले निम्त्याएको पर्यावरणीय संकटबारे सचेतना दिन नग्न फोटोसुट गराएका हुन् ।

विभिन्न समसामयिक विषयलाई आधार मानेर नग्न तस्बिर खिच्ने ५४ वर्षीय ट्युनिकले संसारभर दर्जनौ नग्न तस्बिर खिचेका छन् । उनले १० वर्षअघि १ हजार मोडलको नग्न तस्बिर खिचेर चर्चा कमाएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.