१ कार्तिक, चितवन।
चितवनको नारायणी नदीकोको पुलबाट हाम फालेर एकजना बेपत्ता भएका छन् ।
नवलपुरको गैंडाकोटतर्फबाट पुलमा आएका अन्दाजी ५५ बर्षीय पुरुषले पुलको बीच भागबाट हामफालेकाे र उनकाे खाेजी भइरहेकाे प्रहरीले जानकारी दिएको छ।
पानीको बहाव हिजोबाट बढेको र धमिलो पनि भएकोले हालसम्म उद्धारकार्य जारी भएपनि फेला नपरेको वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख प्रहरी निरीक्षक रघुसिंह विष्टले बताए ।
उनले पुलमाथि टोपी, गञ्जी र २ हजार तीनसय नगद छाडेको तर अन्य परिचय खुल्ने कुनै प्रमाण फेला नपरेको प्रहरी निरीक्षक बिष्टले बताए ।